Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पहिरोले नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

चितवन । पहिरोको कारण नारायणगढ मुग्लिन सडक फेरि अवरुद्ध भएको छ ।

लगातारको वर्षाले भरतपुर महानगरपालिका-२९ केराबारीमा पहिरो खसेको हो ।

वर्षाको कारण लेदोसहितको पहिरो झरेर सडक अवरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो दिउँसो ३ बजेतिर खसेको हो। अवरुद्ध बाटो खुलाउन ईलाका प्रहरी कार्यालय मुग्लिनबाट टोली खटिएको छ ।

आज बिहान उक्त सडक खण्डको सत्रकिलोमा पहिरो खसेर साढे दुई घण्टा सडक अवरुद्ध भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077