Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यू-१७ एसियन कप छनोटको दोस्रो खेलमा आज नेपाल र भियतनाम भिड्दै

काठमाडौं । एएफसी यू-१७ एसियन कप छनोटको दोस्रो खेलमा आज नेपालले आयोजक भियतनामसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

नेपाल र भियतनामबीचको खेल साँझ ५:४५ बजे सुरु हुनेछ । फु थोस्थित भियत त्रि स्टेडियममा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।

बुधबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको थियो ।भियतनाम भने लगातार दोस्रो जितको योजनामा हुनेछ ।

पहिलो खेलमा आयोजकले चाइनिज ताइपेलाई ४-० ले हराएको थियो । समूह 'एफ' मा रहेको नेपाल अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077