Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक भारतमा मृत फेला

सप्तरी । सशस्त्र प्रहरी बलका एक जना सहायक प्रहरी निरीक्षक (असई) भारतमा मृत फेला परेका छन् ।

भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको जिरोगा पुनर्वासस्थित घोडदह खोलामा असई सत्यनारायण यादव बिहीबार मृत भेटिएका हुन् ।

उनी सप्तरीको छिन्नमस्तास्थित बोर्डर आउट पोष्टमा कार्यरत थिए । उनी सिरहाको भगवानपुर २ का बासिन्दा हुन् ।

सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भएका यादव १८ असोजदेखि २१ गतेसम्मका लागि विदामा रहेको गणका प्रमुख एसपी प्रदीप खड्काले जानकारी दिए ।

उनी दशगजा क्षेत्रदेखि तीन किलोमिटर दक्षिण मृत भेटिए । सो बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077