Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आइएमई लुटपाटमा संलग्नमध्ये तीन लुटेरा पक्राउ, एक अझै फरार

ताप्लेजुङ । आइएमई लुटपाटमा संलग्नमध्ये थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ताप्लेजुङको फुङलिङमा रहेको आइएमई लुटपाटमा संलग्न रहेका थप दुई जनालाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पक्राउ गरेको हो ।

लुटपाटमा संलग्न रहेका एकजना भने अझै फरार रहेका छन् । गत असोज १७ गते सोमबार ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा रहेको कञ्चन मनी ट्रान्सफर नामक आइएमई सेन्टरमा लुटपाट भएको थियो ।

सुनको कारोबार गर्ने अनुमति समेत लिएको उक्त मनी ट्रान्सफरबाट लुटेराले कर्मचारीलाई नियन्त्रणमा लिई ११ लाख ५० हजार नगद र सुन गरी करिब ९ करोडको लुटपाट भएको दाबी गरिएको थियो ।

बिहान ९ः३० बजे भएको लुटपाटको तीन घण्टापछि प्रहरीले एक लुटेरालाई नजिकैको जङ्गलबाट नियन्त्रणमा लिएको थियो ।

[insert page='167811' display='yopanipadhnuhos.php']

उक्त लुटेराले बोकेको झोलाबाट ६ लाख १४ हजार १२० रुपैयाँ नगद र १३० थान सुनका गरगहना बरामद गरिएको थियो । १३० थान सुनको गरगहनाको तौल १ किलो ६८५ ग्राम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077