Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले र राप्रपाका शीर्ष नेताहरुको बैठक बस्दै, सिट बाँडफाटबारे छलफल हुने

काठमाडौं । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच तालमेलबारे छलफल गर्न बैठक बस्ने भएको छ । चुनावी तालमेलका बारे्मा छलफल गर्न आज शुक्रबार दुई दलका शीर्ष नेताबीच बालकोटमा १ बजे बैठक बस्न लागेको हो ।

छलफलका लागि अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे वार्ताको समय मिलाएको र आफूहरू ओली निवास बालकोट जाने तयारीमा रहेको राप्रपा नेताहरुले बताएका छन् ।

एमालेले आजै जसपासँग पनि चुनावी तालमेलको लिखित सहमति गर्दैछ । एमालेले जसपा र राप्रपासँग चुनावी तालमेल गर्ने पक्का छ । त्यसका लागि दुवै दलसँग आज सहमति गर्ने तयारी छ ।

आगामी मंसीर ४ लागि हुने आम निर्वाचनको उम्मेदवारी दर्ता गर्न २ दिन बाँकी रहँदा नेकपा एमालेले सत्तारुढ जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग औपचारिक वार्तालाई तीव्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077