Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मनिष सुमनको निवासमा जसपाको आन्तरिक बैठक सुरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालको आन्तरिक बैठक सुरु भएको छ । बैठक कार्यकारिणी सदस्य मनिष सुमनको बुद्धनगरस्थित निवासमा चलिरहेको छ ।

पाँच दलीय गठबन्धन र एमालेसँग भएको पछिल्लो छलफललगायत उम्मेदवार चयनको विषयमा जसपाका अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरूको बैठक चलिरहेको जसपा स्रोतले जनाएको छ ।

हालसम्म जसपाले औपचारिकरुपमा पाँच दलीय गठबन्धन पनि छाडेको छैन भने उता एमालेसँग पनि एकचरण कुराकानी गरेको छ ।

हिजो मात्र बालुवाटारमा कार्यदलसहित गठबन्धनको बैठक चलिरहेकै बेला जसपाका अध्यक्ष उपेन्द्र यादव त्यहाँबाट निस्केर एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीसँग छलफलका लागि गएका थिए ।

दुई अध्यक्षको बीचमा कुराकानी भए पनि टुङ्गो नलागेको स्रोतले जनाएको छ । एमालेले जसपालाई २५ वटा सिटको अफर गरेको छ भने मधेस प्रदेशमा आधा आधा सिट बाँडफाँट गर्ने प्रारम्भिक सहमति भएको छ । तर कुन क्षेत्र कसले लिने बारेमा भने टुङ्गो लगाउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077