Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सत्ता गठबन्धन र लोसपाबीच बालुवाटारमा पुनः वार्ता सुरु

    सत्ता गठबन्धन र लोसपाबीच बालुवाटारमा पुनः वार्ता सुरु

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असोज २०७९
  • 699
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र सत्ता गठबन्धन पुनः छलफल सुरु भएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा लोसपा र गठबन्धनबीच छलफल भइरहेको छ । लोसपाका नेताहरुले एक चरण आज दिउँसो कुराकानी गरेका थिए ।



    गठबन्धनसँगको छलफलपछि बबरमहलस्थित पार्टी कार्यालयमा आन्तरिक छलफल सकेर लोसपाका नेताहरु बालुवाटार पुगेका छन् ।



    लोसपाको आन्तरिक बैठकले सिटमा मोटामोटी एउटा समझदारी बनाएर गठबन्धनसँग वार्ता गर्ने तयारी गरेको छ ।

    बैठकमा सहभागी एक नेताका अनुसार मधेश प्रदेशमा १५ सिटको माग गर्ने लोसपाको तयारी रहेको छ ।

    सत्ता गठबन्धन र सरकार दुवैतिर सहभागिता जनाएको जसपाले सत्ता गठबन्धनमा सिट संख्याको बार्गेनिङ नमिलेपछि एमालेसँग वार्ता थालेको थियो । त्यससँगै लोसपा नेताहरु गठबन्धनका दलहरुसँग वार्ता गर्न बालुवाटार पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार