Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसियन कप छनोट : नेपाल भियतनामसँग ५ गोलले पराजित

काठमाडौं । एएफसी-१७ वर्षमुनिको एसियन कप छनोटको दोस्रो खेलमा नेपाल भियतनामसँग फराकिलो अन्तरले पराजित भएको छ ।

भियतनामको भियत त्रि मैदानमा भएको खेलमा नेपाल भियतनामसँग पाँच–शून्य गोलले पराजित भएको हो ।

नेपालले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल खायो । लगातार दोस्रो हारसँगै नेपालको छनोटको सम्भावना लगभग सकिएको छ ।

नेपाल अङ्कविहीन हुँदै पुछारमा छ । भियतनाम ६ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । थाइल्यान्ड ६ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा नेपाल थाइल्यान्डसँग तीन–शून्य गोलले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077