Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गोरखा–२ बाट प्रचण्ड चुनाव लड्ने भएपछि बाबुरामले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । गोरखा–२ बाट चुनाव लड्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जितको शुभकामना दिएका छन् ।

माओवादी पदाधिकारी बैठकले गोरखा–२ मा अध्यक्ष प्रचण्डलाई उम्मेदवार बनाएलगत्तै भट्टराईले पनि प्रचण्डलाई ट्विटरमार्फत शुभकामना दिएका हुन् ।

डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् -'मैले प्रतिनिधित्व गर्दै आएको गोरखा-२ बाट यसपटक क। पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु। वर्तमान नेपाल राज्यको उद्गम थलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट उहाँको उम्मेदवारी निकै ठुलो सांकेतिक महत्वको छ। उहाँको शानदार विजयको हार्दिक शुभकामना !'

चितवनबाट चुनाजव लड्दै आएका प्रचण्डले यो पटक गोरखा–२ बाट चुनाव लड्ने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077