Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लोसपाका नेताहरु सत्ता गठबन्धनसँग वार्ता गर्न बालुवाटारमा

    लोसपाका नेताहरु सत्ता गठबन्धनसँग वार्ता गर्न बालुवाटारमा

    अनलाइन नेपाल
  • शनिबार, २२ असोज २०७९
  • 681
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनसँग सिटको अन्तिम टुंगो लगाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु बालुवाटार पुगेका छन् ।

    बिहान ८ बजे बैठकका लागि बोलाए पनि बैठक सुरु नभएको बालुवाटार पुगेका लोसपाका नेताहरुले जानकारी दिएका छन् ।



    सत्ता साझेदार दल जनता समाजवादी पार्टी जसपा समान सिट बाँडफाँड नभएको भन्दै गठबन्धनबाट बाहिरिएपछि लोसपा भित्रिएको हो ।



    जसपाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग २५ सिटको वरिपरि पाउने भएपछि सत्ता गठबन्धनबाट बाहिरिएको थियो ।

    जसपा बाहिरिने सुइको पाउनेवित्तिकै सरकारमा जान र चुनावी तालमेल गर्न लोसपा बालुवाटार पुगेको थियो । लोसपालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ सिट दिने प्रस्ताव राखेको स्रोतले बतायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार