Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले मोरङ सचिव खतिवडाद्धारा राजीनामा

मोरङ । नेकपा एमाले मोरङ जिल्ला सचिव रुपेश खतिवडाले राजीनामा दिएका छन् । उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै सापकोटाले राजीनामा दिएका हुन् ।

उनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार सिफारिस र छनोट गर्दा सिद्धान्त, विधि विपरीत केही निश्चित व्यक्तिको स्वार्थ अनुकूल भएको बताए ।

उनले पार्टीले गर्ने निर्णयहरुका सूचनाहरुमा पदीय जिम्मेवारी अनुसार सचिवको संलग्नता अनिवार्य हुनुपर्नेमा त्यस अनुसार नभएको उनको भनाइ छ ।

उनले लेखेका छन्, ‘यस्तो गैह्र राजनीतिक कार्यको किनाराको साक्षी भएर बस्न नैतिकरुपमा नमिल्ने र आम पार्टी कार्यकर्ता र पार्टी सदस्यहरुको निष्ठा र भावना विपरीत हुने भएकाले नेकपा एमाले जिल्ला कमिटी मोरङको सचिव पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ ।’

जिल्ला कमिटी अध्यक्षलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्रको बोधार्थ प्रदेश कमिटी र केन्द्रीय कमिटीलाई समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077