Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भीम रावललाई टिकट नदिएपछि एमाले अछाममा विद्रोह, ३८ जनाद्धारा सामूहिक राजीनामा

अछाम । भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछामका चार जना सचिवालय सदस्यसहित ३८ जनाले एमाले छाडेको घोषणा गरेका छन् ।

जिल्लाबाट एकल सिफारिस भएपनि पार्टीले प्रतिनिधिसभामा टिकट नदिएपछि एमाले अछाम जिल्ला कमिटी सचिवालयका ४ सहित ३८ जनाले सामूहिक राजीनामा दिएका हुन् ।

एमालेले रावलको ठाउँमा झपट बोहरालाई उम्मेदवार बनाएको छ । सामूहिक राजीनामा दिने नेताहरूले बोहराको प्रमुख आतिथ्यतामा भाद्र १९ गते रावलको नाम एकल सिफारिस भएको जिकिर गरेको छ ।

उनको नाम एकल सिफारिस भए पनि केन्द्रबाट टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयको बेवास्ता गरिएको नेताहरूको भनाई छ ।

तल्लो कमिटीको निर्णयविपरीत नेता, कार्यकर्ता र जनभावना विपरीत नेतृत्वले गरेको निर्णयको घोर भर्त्सना गर्दै ३८ जनाले सामूहिक राजीनामा दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077