Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जसपाले टुंगो लगायो १२ उम्मेदवार (नामावलीसहित)

काठमाडौं। नेकपा एमालेसँग चुनावी तालमेलको सहमतिपछि जनता समाजवादी पार्टी (जसपा)ले १२ स्थानमा उम्मेदवारको टुंगो लगाएको छ ।

सहमति अनुसार जसपाले पाएको १७ सिटमध्ये १२ सिटमा शनिवार उम्मेदवारको टुंगो लागेको हो ।

सहमतिमा एमालेले ३५ र जसपाले १७ सिटमा प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने उल्लेख छ ।

यस्तै, प्रदेशसभातर्फ भने एमालेले ७० र जसपाले ४२ सिट पाउने छन् ।

यी हुन् जसपाले टुङ्ग्याएको उम्मेदवार

सप्तरी –२ उपेन्द्र यादव

सिरहा–२ राजकिशोर यादव

सिरहा–४ वीरेन्द्र महतो

धनुषा–१ दीपक कार्की

धनुषा–२ गंगाराम यादव

धनुषा–४ महाजन यादव

सर्लाही–१ प्रमोद शाह

सर्लाही–४ राकेश मिश्र

बारा–२ रामसहाय प्रसाद यादव

बारा–३ रामबाबु कुमार यादव

पर्सा–१ प्रदीप यादव

पर्सा–२ सुरेन्द्र कुर्मी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077