Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अष्टलक्ष्मी शाक्यले ओलीलाई भनिन् - मैले संसदीय राजनीति छोडेँ, विकल्प खोज्नुहोस्

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रतिनिधिसभा चुनाव नलडने बताएकी छन् ।

संसदीय राजनीति नगर्ने भनेर पार्टी बैठक र सार्वजनिक सञ्चारमाध्यममा यसअघि नै घोषणा गरेकी शाक्यलाई अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारको सुचीमा नाम राखेपछि पुन अस्वीकार गरेकी हुन् ।

एमालेले शुक्रबार सार्वजनिक गरेको उम्मेदवार सूचीमा शाक्यको नाम काठमाडौं-८ मा थियो । शुक्रबार नाम र निर्वाचन क्षेत्र सार्वजनिक गरेपछि शनिबार ओली झापा जानुअघि शाक्यलाई फोन गरेका थिए ।

त्यसक्रममा पनि शाक्यले आफ्नो पुरानो अडान परिवर्तन नहुने र आफू उम्मेदवार नहुने जवाफ दिएकी थिइन् । उनले आफू अब करिब ७० वर्ष भइसकेको र यसअघि नै

अब चुनाव नउठ्ने भनिसकेको उल्लेख गर्दै पार्टीले विकल्प सोज्नुपर्ने शनिबार अध्यक्ष ओलीलाई सुझाव दिइन् । आफूले नउठ्ने अडान कामयै राखेपछि ओलीले धेरै प्रतिक्रिया नजनाएको उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077