Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसियन कप छनोट : चाइनिज ताइपेईसँग नेपाल पराजित

काठमाडौं । भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोट खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ ।

भियतनाममा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल चाइनिज ताइपेईसँग ४–२ गोलअन्तरले पराजित भएको हो ।

यस हारसँगै नेपाल जितविहीन बनेको छ । नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३–० गोलअन्तरले पराजित भएको थियो । दोस्रो खेलमा आयोजक भियतनामसँग ५–० गोलअन्तरले पराजित भएको थियो ।

यस खेलसँगै नेपाल र चाइनिज ताइपेई प्रतियोगिताबाट बाहिरिसकेको छ । चाइनिज ताइपेईको जितमा लिन हाइ चेङले दुई गोल गरे भने ताई यान याओ र लु यी टिङले एक–एक गोल गरे ।

नेपालका लागि भने कप्तान प्रशान्त लक्षम र धनसिंह विकले एक–एक गोल फर्काए । समूह ‘एफ’ मा रहेको नेपाल अङ्कविहीन रहँदै पुछारमा रह्यो भने चाइनिज ताइपेई तीन अङ्क जोडेर तेस्रो स्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077