Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'बागी' उठेकालाई प्रदेश १ माओवादीको निर्देशन – उम्मेदवारी फिर्ता लिनू

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश १ मा बागी उम्मेदवारी दिने नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

माओवादी केन्द्र प्रदेश नम्बर १ कमिटीले पार्टी र गठबन्धनका विरुद्ध कसैले स्वतन्त्र उम्मेदवारी दिएको छ भने समयमै फिर्ता लिन निर्देशन दिएको हो ।

प्रदेश अध्यक्ष हर्क बहादुर नेम्वाङले आइतबार जारी गरेको विज्ञप्तिमा विपक्षी उम्मेदवारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुग्ने गतिविधिमा संलग्न भएको पाइए अनुशासनको कारबाही हुने पनि स्पष्ट गरिएको छ । उनले पार्टी निर्णयविरुद्ध कदम नचाल्न पनि अनुरोध गरेका छन् ।

‘पार्टी र गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएको छ भने समयमै उक्त उम्मेदवारी फिर्ता गर्न र पार्टी निर्णयविरुद्ध कदम नचाल्न अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै गठबन्धनका विपक्षी उम्मेदवारहरूलाई प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग पुग्ने गतिविधिमा पनि संलग्न भएमा पार्टीले अनुशासनको कारबाही गर्ने व्यहोरा जानकारी गराउँदछौं ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077