Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • तीन महिनामा डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो, ३३ हजार ९७५ जनामा संक्रमण

    तीन महिनामा डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो, ३३ हजार ९७५ जनामा संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, २४ असोज २०७९
  • 681
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनयता नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा डेंगुबाट दुई जनाको मृत्यु भएको हो ।

    मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता ३३ हजार ९७५ जनामा डेंगु संक्रमण भइसकेको छ । हाल मुस्ताङबाहेक सबै जिल्ला देखिएको डेंगु संक्रमणबाट सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला बढी प्रभावित छन् ।



    मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक सन् २००४ मा नेपालमा डेंगुका बिरामी देखिएको थिए । सन् २००४ पछि हरेक वर्ष डेंगुको संक्रमण देखिँदै आएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।



    प्राय दिउँसोको समय सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न विज्ञहरूको सुझाव छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार