Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले नेता रावलले भने - उम्मेदवार नबनाएको बारे उचित समयमा बोल्छु

काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले उचित समयमा बोल्ने बताएका छन् ।

नेता रावलले सोमबार सामाजिक सञ्जालमा लेख्दै आफूलाई उम्मेदवार नबनाए पनि ठिक छ भनेको भनी प्रचार गर्नु कुनियत भएको बताएका हुन् ।

उनले लेखेका छन्, 'मेरो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत एकल पठाइँदा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको विषयमा मैले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

मलाई उम्मेदवार नबनाए पनि ठिक छ भनेको भनी प्रचार गर्नु कुनियत हो। उचित समयमा बोल्ने नै छु।'

नेता रावलको प्रदेशबाट एकल नाम पठाएपनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट दिएनन् ।

यस विषयमा आफूले हालसम्म कुनै प्रतिक्रिया नदिएको सन्दर्भमा उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गरिएको प्रति रावलले कटाक्ष गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077