Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जेल जीवन बिताइरहेका रेशमलाल चौधरीको उम्मेदवारीविरुद्ध उजुरी

    जेल जीवन बिताइरहेका रेशमलाल चौधरीको उम्मेदवारीविरुद्ध उजुरी

    अनलाइन नेपाल
  • सोमबार, २४ असोज २०७९
  • 720
    SHARES

    धनगढी । नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका रेशमलाल चौधरीविरुद्ध उजुरी परेको छ ।

    प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बर्दिया निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका चौधरीविरुद्ध उजुरी परेको हो ।



    रेशमको मनोनयनविरुद्ध माओवादी केन्द्र निकटका उम्मेदवारले उजुरी दिएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।



    आइतबार उम्मेदवारी मनोनयन गरेका उम्मेदवारविरुद्ध आज सोमबार १० देखि ३ बजेसम्म दाबी विरोधको समय तोकिएको थियो ।

    टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट दोषी ठहर भइ जेल जीवन बिताइरहेका रेशमलाल चौधरीले वारेस नाममार्फत उम्मेदवारी दिएका थिए ।

    टीकापुर घटना सम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार