Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • हाम्रा माग सम्बोधन गर्न कांग्रेस तयार छ : रेशम चौधरी

    हाम्रा माग सम्बोधन गर्न कांग्रेस तयार छ : रेशम चौधरी

    अनलाइन नेपाल
  • शुक्रबार, २५ फाल्गुन २०८०
  • 525
    SHARES

    धनगढी । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले कांग्रेस र आफूहरूबिचको छलफल सकारात्मक भएको बताएका छन्।

    चौधरीले सुदूरपश्चिममा रहेको कांग्रेससहितको विद्यमान सत्ता गठबन्धन जोगाउन कांग्रेस त्याग गर्न तयार रहेको खुलासा गरेका हुन्।



    संरक्षक चौधरीले भने, ‘सुदूरपश्चिम र केन्द्रमा पनि म त कांग्रेस बलियो देख्छु । आज सुदूरपश्चिम सरकारबारे निक्र्यौल हुन्छ । हामीले यहाँ राखेको मागप्रति कांग्रेस तयार छ । हामी एक चरणमा अहिले एमाले–माओवादीसँग पनि बस्दै छौ । उहाँहरू पनि हामीप्रति सकारात्मक नै हुनुहुन्छ ।’



    आफूहरूले मुख्यमन्त्रीसहित केही मन्त्रालय मागेको बताउँदै उनले त्यसमा सहयोग गर्न कांग्रेस तयार रहेको बताए। नाउपाले सुदूरपश्चिममा मुख्यमन्त्रीसहित केही मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार