Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रेशम चौधरीको मुद्दामा सर्वोच्चले दियो प्रत्यक्षी झिकाउन आदेश

    रेशम चौधरीको मुद्दामा सर्वोच्चले दियो प्रत्यक्षी झिकाउन आदेश

    अनलाइन नेपाल
  • आइतबार, २२ माघ २०७९
  • 519
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको मुद्दामा प्रत्यक्षी झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

    आइतबार न्यायाधीशद्वय टंक बहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले प्रत्यक्षी झिकाउने आदेश दिएको हो ।



    सर्वोच्चको आदेशसँगै अब रेशमलाल चौधरी लगायतले विपक्षी बनाएकाहरू पनि सर्वोच्च अदालतमा आउनुपर्ने भएको छ ।



    यस मुद्दाको सुनुवाइका लागि पर्खिरहेका रेशम चौधरी लगायतका कैदीबन्दीका पक्षमा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश दिएको हो । प्रत्यर्थी झिकाउने आदेशसँगै यस मुद्दामा अब पुनः बहस तथा सुनुवाइ हुने र मिसिलको अध्ययन सँगै प्रमाणको मूल्याङ्कन गर्ने काम हुनेछ ।

    हालसम्म ४ पटक पेसीमा चढेको चौधरीको मुद्दा दुई पटक हेर्न नमिल्ने न्यायाधीशको बेञ्चमा परेको थियो । एक साताअघि पेसीमा चढे पनि त्यतिबेला अदालतबाटै स्थगित गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार