Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रियसभामा नागरिक उन्मुक्तिलाई एक सिट दिन गठबन्धन तयार

    राष्ट्रियसभामा नागरिक उन्मुक्तिलाई एक सिट दिन गठबन्धन तयार

    अनलाइन नेपाल
  • बुधबार, १८ पुष २०८०
  • 720
    SHARES

    धनगढी । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले राष्ट्रियसभा निर्वाचनमा आफ्नो पार्टीलाई एक सिट दिने समझदारी भएको बताएका छन् ।

    धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संरक्षक चौधरीले यस्तो बताएका हुन् ।



    चौधरीले राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट आफ्नो पार्टीलाई एउटा सिट दिने समझदारी सत्तारुढ गठबन्धनभित्र भइसकेको बताए।



    त्यसबारे पुस २१ गते बस्ने सत्तारुढ गठबन्धनको बैठकले निर्णय गर्ने बताए ।

    राष्ट्रिय सभामा १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही पुस २२ गते मनोनयन दर्ता हुँदैछ ।

    त्यसअघि नै सत्ता गठबन्धनबीच समझदारी कायम गर्न शीर्ष नेताहरुबीच छलफल हुँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार