Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

वीरगञ्जमा करेन्ट लागेर दुई जनाको मृत्यु

पर्सा । वीरगञ्जमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धोबिनी गाउँपालिका–३ घर भएका ३० वर्षीय सैफुल्ला अन्सारी र वीरगञ्ज महानगर–९ रानिघाट घर भएका ६० वर्षीय ध्रुव प्रसाद शाह छन् ।

वीरगञ्ज महानगरपालिका–२६ मा घर प्लाष्टर गरिरहेका ३० वर्षीय सैफुल्ला अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

६० वर्षीय शाहलाई घरको छाना सफा गर्ने क्रममा करेन्ट लागेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077