काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी 'राप्रपा'ले पार्टीको अधिकारी उम्मेदवारविरुद्ध दिएको बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।
मंगलबार विज्ञप्ति जारी गर्दै राप्रपाले निर्वाचन आयोगले उम्मेदवारी फिर्ता गर्न निर्धारण गरेको समयमा बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो ।
उम्मेदवारी फिर्ता नलिए पार्टीको सदस्यता खारेज गरेर पार्टीबाट निष्कासन गरिने चेतावनी दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ;उमेदवारी फिर्ताका लागि सम्बन्धित सदस्यसँग छलफल र आवश्यक प्रयास गर्न बागी उमेदवारी परेका जिल्ला र जिम्मेवार निकायलाई अनुरोध गरिएको छ ।'