Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

दुईजना बाउन्सरमाथि सोह्रखुट्टेमा खुकुरी प्रहार

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा दुई जना बाउन्सरमाथि खुकुरी प्रहार भएको छ ।

दरबारमार्गस्थित प्लाटिनम क्लबका दुई जना बाउन्सरमाथि सोह्रखुट्टेमा खुकुरी प्रहार भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

मंगलबार विहान ४ बजे सोह्रखुट्टेमा मोटरसाइकल रोकेर ७÷८ जनाले ड्युटी सकाएर घर फर्कदै गरेका छिरिङ लामा र नितेश राईलाई आक्रमण गरेका हुन् ।

उनीहरुमाथि खुकुरी प्रहार भएको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । उनीहरुको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको बताइएको छ । अहिले संलग्नहरुको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077