Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बाउन्सरमाथि खुकुरी प्रहार गर्ने ६ जना पक्राउ

काठमाडौं । दरबारमार्ग स्थित प्लाटिनम क्लबका दुईजना बाउन्सरलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका दावा दोर्जे शेर्पा उर्फ च्याङ्बा, प्रदिप लामा, जिवन तामाङ र काभ्रेको मंगलटार घर भएका जितेन लामा सहित ६ जना छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ५ जना र उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीले १ जनालाई पक्राउ गरेका हुन् । मंगलबार बिहान ४ बजेतिर क्लबको ड्युटी सकेर डेरा जाँदै गरेका दुईजनालाई ८ जनाले खुकुरी प्रहार गरेर भागेका थिए ।

खुकुरी प्रहारबाट घाइते भएका नितेश राई र छिरिङ लामाको उपचार भइरहेको छ । एक महिनाअघि प्लाटिनम क्लबका बाउन्सरसँग आरोपीहरुको झगडा भएको थियो ।

सो रिसिबी साँधेर दावा दोर्जेको योजनामा ४ वटा मोटरसाइकलमा चढेर गएका ८ जनाले बाउन्सरलाई खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077