Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ग्यास बुलेट दुर्घटना हुँदा सहचालकको मृत्यु

    ग्यास बुलेट दुर्घटना हुँदा सहचालकको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २६ असोज २०७९
  • 693
    SHARES

    फाइल तस्विर

    नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ग्यास बुलेट दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

    गएराति विनयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेमा भारतबाट ग्यास बोकेर काठमाडौंका लागि छुटेको एनएलओएल–२४६० नम्बरको ग्यास बुलेट अनियन्त्रित भई दुर्घटना भएको हो।



    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी सहचालक भारत उत्तर प्रदेश निवासी १८ वर्षीय जयनारायण पालको मृत्यु भएको हो।



    अनियन्त्रित भएर पल्टिएको ग्यास बुलेटमा च्यापिएर उनको मृत्यु भएको हो। यस्तै चालक ४२ वर्षीय अजयकुमार सिंह घाइते भएका छन्। उनको दुम्किबासमा उपचार भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार