Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

म्याग्दीमा कांग्रेस नेता महतद्धारा स्वतन्त्र उम्मेदवारी फिर्ता

म्याग्दी । म्याग्दीको प्रदेश सभा क्षेत्र 'क'मा स्वतन्त्र मनोनयन दर्ता गराएका नेपाली कांग्रेसका नेता नेत्रबहादुर महतले बुधबार उम्मेदवारी फिर्ता लिएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महतले उम्मेदवारी फिर्ता लिएका हुन् ।

पार्टीका नेताहरुको प्रतिवद्धता, जिल्लाका नेता, कार्यकर्ता, शुभेच्छुक र आफन्तहरुको आग्रह अनुसार उम्मेदवारी फिर्ता लिएर गठबन्धनको उमेद्वारलाई जिताउने अभियानमा जुट्ने महतले बताए।

पार्टीले आफ्नो त्याग र योगदानको उपेक्षा गरेको भन्दै महतले आइतबार स्वतन्त्र मनोनयन दर्ता गराएका थिए।

गठबन्धनका तर्फबाट म्याग्दीमा प्रतिनिधिसभामा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर), प्रदेशसभा क्षेत्र (क) मा माओवादीका हरि भण्डारी र क्षेत्र (ख) मा माओवादीकै रेशम जुग्जाली (सुविन) उम्मेदवार बनेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077