Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

'बागी' सहित प्रस्तावक र समर्थक कांग्रेसबाट पाँच वर्षका लागि निष्कासित

काठमाडौं । नेपाली कांग्रेसले गठबन्धनविरुद्ध 'बागी' उमेदवारी दिएका पार्टीका नेता कार्यकर्ताहरूलाई कारबाही गरेको छ ।

पार्टीको निर्देशनविपरीत उमेदवारी फिर्ता नलिएका उमेदवार र उनीहरूका प्रस्तावक र समर्थकलाई कांग्रेसले कारबाही गरेको हो ।

उनीहरूलाई पार्टीको सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले मंगलबार विज्ञप्ति जारी गरेर बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो। कांग्रेसले गठबन्धन र लोसपासँग भएको सहमतिविपरीत बागी उम्मेदवारी दिने, त्यसमा प्रस्ताव र समर्थक हुनेहरूलाई कारबाही गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077