Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • साउदीले तेल उत्पादनमा कटौती गरेपछि अमेरिकाले दियो चेतावनी

    साउदीले तेल उत्पादनमा कटौती गरेपछि अमेरिकाले दियो चेतावनी

    अनलाइन नेपाल
  • बिहिबार, २७ असोज २०७९
  • 813
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले तेल उत्पादन कटौतीका लागि साउदी अरेबियाले परिणाम भोग्नुपर्ने बताएका छन् । गत साता कोरोना भाइरस महामारीपछिकै पहिलोपटक ओपेकले ठूलो परिणाममा तेल उत्पादन कटौती गर्ने घोषणा गरेको थियो ।

    तेल उत्पादन समूहका वास्तविक नेता साउदी अरेबियाले गरेको यस निर्णयको अमेरिकाको क्यापिटल हिलस्थित वरिष्ठ डेमोक्रेटहरूले आलोचना गरेका छन् ।



    सीएनएनका पत्रकार जेक ट्याप्परलाई अन्तर्वार्ता दिने क्रममा बाइडेनले साउदी अरेबियालाई संकेत गर्दै भनेका छन्, ‘तिनीहरूले रुसलाई गरेको व्यवहारको केही परिणामहरू देखिने छन् । म मलाई मनमा लागेको र मैले सोचेको कुरामा गहिरिन्न । तर केही परिणामहरू निस्कने छन् । मद्यावधि चुनाव पछि महाधिवेशनमा फर्कंदा अमेरिकी कंग्रेसले कारबाही थाल्नेछ ।’



    विश्वमा पेट्रोलको अभाबसँगै यसको मूल्य बढ्न थालेपछि दोस्रो ठूलो तेल निर्यातक राष्ट्र रुसलाई मद्दत पुगिरहेको छ । यसबाट रुसलाई युक्रेन युद्धमा अर्थ लगानी गर्न सहयोग पुगेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार