Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जसपाका मन्त्री हटाउने पक्षमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेका छन् ।

तर जसपाले भने सरकारमै रहेर चुनावमा सहभागी हुने रणनीति बनाएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकअगाडि नै यस विषयमा टुंगो लगाउने प्रधानमन्त्रीको तयारी छ ।

स्रोतले भन्यो, ‘जसपाले सत्तारूढ गठबन्धन छाडेर प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि देउवा असन्तुष्ट छन् ।’

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सत्तारूढ गठबन्धन छाडेर प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य गर्न गएका जसपाका चार मन्त्रीलाई सकभर बर्खास्त गर्ने त्यसो गर्न नमिले बिनाविभागीयमा राख्ने तयारी प्रधानमन्त्री देउवाको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077