Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एक किलो ३ सय ग्राम गाँजासहित परिभेष श्रेष्ठ पक्राउ

पाल्पा । पाल्पामा गाँजासहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तानसेन नगरपालिका-३ का १८ वर्षीय परिभेष श्रेष्ठ रहेका छन् ।

श्रेष्ठले आफ्नै घरमा गाँजा लुकाएर राखेको सूचनाका आधारमा प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

श्रेष्ठको घरमा खानतलासी गर्दा आफू सुत्ने कोठामा एक किलो ३ सय ग्राम सुकेको गाँजा राखेको भेटिएको प्रहरीले जनाएको छ ।

श्रेष्ठको बारेमा थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077