Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दार्चुलाको एक निर्वाचन क्षेत्रमा ९ उम्मेदवार, एमालेका ठगुन्ना भर्सेज कांग्रेसका बडूबीच भिडन्त

दार्चुला । प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा ९ प्रतिस्पर्धी चुनावी मैदानमा उत्रिएका छन् ।

सत्तारुढ गठबन्धनबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री तथा कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू उम्मेदवार छन् भने एमालेबाट पूर्व संघीय मामिला तथा समान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नालाई उम्मेदवार बनाएको छ ।

२०७० मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू र २०७४ सालमा कांग्रेसका बिक्रमसिंह धामीलाई हराउँदै एमाले नेता ठगुन्ना लगातार दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका बडू २०४८ र २०५६ मा दार्चुलाबाट निर्वाचित भएका थिए । उनी २०७४ मा समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य थिए ।

यस्तै नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडू र पूर्वसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ठगुन्नाबीच यसपटक रोचक भिडन्त हुने देखिएको छ ।

राप्रपाले नरेन्द्रसिंह धामी, नेमकिपाले श्रीविश्वराज दुवाललाई उम्मेदवार बनाएको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीले तारादत्त जोशी र राप्रपा नेपालले देवबहादुर बमलाई उम्मेदवार बनाएको छ ।

यहाँ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले रमेशराम लुहार, नेशनलिस्ट पिपल्स पार्टीले धर्मसिंह दयाली र राष्ट्रिय स्वतन्त्र पार्टीले रविन्द्रसिंह धामीलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077