Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भीम रावलले भने - मलाई हराउन नसक्ने रिपोर्ट ओलीसमक्ष पुगेपछि उम्मेदवारी रोकियो

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी रोकेको आरोप लगाएका छन् ।

आज पत्रकार सम्मेलन गर्दै रावलले आफूलाई हराउन नसक्ने भएपछि अध्यक्ष केपी ओलीले चुनावको टिकट नदिएको बताएका हुन्।

उनले भने, ‘अध्यक्ष ओलीनिकटका मानिसबाट अछाममा मैले चुनाव जित्ने वा हार्ने स्थितिबारे सोधखोज गर्दा हराउन नसकिने निष्कर्षमा पुगेपछि मेरो उम्मेदवारी नै रोकेको कुरा पनि सुनियो।’

उनले आफूलाई कसैले हराउन नसक्ने रिपोर्ट पार्टी अध्यक्ष ओलीसमक्ष पुगेको र उम्मेदवारी रोकिएको दाबी गरे ।

आफ्नो उम्मेदवारीबारे कुनै परामर्श नगरी एमालेका निम्ति कुनै योगदान नगरेको व्यक्तिलाई टिकट दिइनु स्वेच्छाचारी र गलत भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077