Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी हुन् ओलीमाथि भीम रावलले लगाएका २० आरोप (पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले जनता समाजवादी पार्टी जसपासँग पार्टी अध्यक्षले चुनावी तालमेल गर्ने सहमति गरेकोप्रति असन्तुष्टि पोखेका छन्।

प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि पत्रकार सम्मेलन गरेर पार्टीको विधि र सिद्धान्तविपरीत तालमेल गरेकोप्रति असन्तुष्टि पोखेका हुन्।

नेता रावलले पार्टीमै रहेर संघर्ष गर्ने बताए । अध्यक्ष ओलीमाथि दर्जन बढी आरोप लगाउँदै उनले अहिलेको अवस्थामा मंसिर ४ गते हुने आमनिर्वाचनमा पार्टीलाई जिताउनु आफ्नो प्राथमिकता रहेको बताए ।

रावलले युनिभर्सल पिस फेडरेसन (युपीएफ) का नेपाल प्रमुख होलिवाइन भनेर चिनिएको एकनाथ ढकाललाई समानुपातिकमा राखेकोप्रति आक्रोश पोखे ।

निरङ्कुश व्यवस्थामा एमालेलाई नेता कार्यकर्तालाई प्रताडित गर्ने कमल थापालाई हेटौँडामा उम्मेदवार बनाएकोप्रति पनि असन्तुष्टि व्यक्ति गरे।

हेर्नुहोस् पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077