Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्लाटिनम प्रकरणः रिसिबी साँध्न दरबारमार्गबाट पछ्याएर सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार

काठमाडौं । दरबारमार्ग स्थित प्लाटिनम क्लबका दुईजना बाउन्सर ‘योजनाबद्ध’ खुकुरी प्रहार गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बिहान ४ बजेतिर क्लबको ड्युटी सकेर फर्किएका बाउन्सरलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेर सार्वजनिक हो ।

पक्राउ पर्नेहरुमा दोलखा शैलुङ गाउँपालिका-२ घर भई काठमाडौं बौद्ध बस्ने २९ वर्षीय बिनोद तामाङ र सोही ठाउँ बस्ने ३३ वर्षीय जीवन तामाङ रहेका छन्।

त्यसैगरी पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे वडा ८ का दोर्जे शेर्पा, सिन्धुपाल्चोक मेलम्ची वडा १० का राजेन्द्र खत्री, रामेछाप गोकुलगंगा-२ का विकास श्रेष्ठ, दोलखा मेलुङ- ३ का प्रदीप तामाङ, काभ्रे रोशी- ८ का दिपेन लामा र काठमाडौं चबहिलका करण डंगोल रहेका छन्।

उनिहरुले बाउन्‍सर निकेत राई र तेन्जुङ शेर्पालाई ४ वटा मोटरसाइकलमा सवार ८ जनाले काठमाडौं महानगरपालिका २६ गल्कोपाखास्थित हनुमान चोक नजिक खुकुरी प्रहार गरी फरार भएका थिए ।

[insert page='169019' display='yopanipadhnuhos.php']

भदौ २२ मा क्लबमा बाउन्सरसँग झगडाको भएको र रिसिबी साँध्न असोज २५ गते हनुमान थानमा बाउन्सरमाथि हत्या गर्ने योजनासहित खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।

घटनामा प्रयोग गरिएको दुई थान खुकुरी र दुईवटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077