Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कांग्रेस कार्यसम्पादन समिति बैठक आज, निर्वाचन रणनीति बनाउने तयारी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

बैठकमा निर्वाचनको तयारी, सत्ता साझेदार दलहरूसँगको चुनावी तालमेलसहित समसामयिक विषयमा छलफल हुनेछ। सत्ताको नेतृत्वकर्ता कांग्रेसले गठबन्धनका सहयोगी दलहरूसँग साझा कार्यक्रम बनाएर निर्माण अभियानमा होमिने तयारी गरिरहेको छ।

यसैबीच कांग्रेसले विद्रोही उम्मेदवारहरूलाई उम्मेदवारी निष्क्रिय गर्नका लागि असोज ३१ गतेसम्म समयसीमा दिएको छ। मुख्यसचिव पौडेलका अनुसार तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन

दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रूपमा सक्रिय रहने प्रतिबद्धतासहित असोज ३१ गतेभित्र सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गर्न निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077