Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

थापाथलीका अनधिकृत संरचनामा चल्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।

महानगरपालिकाले आज बिहान थापाथलीको सुकुम्बासी बस्तीनजिकै रहेको अबैध संरचनामा डोजर चलाएको हो ।

सुकुम्बासी बस्तीको अतिक्रमित घरहरु, रुद्रेश्वर मन्दिरसँगै रहेको क्रियापुत्री भवन भत्काएको महानगरपालिकाले जनाएको छ ।

पुजारी बस्ने घर पनि खाली गराएको छ । यसअघि महानगरले हिजो थापाथलीको सडकमा ठेलागाडा पनि हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077