Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ रसिद निर्वाचित

एजेन्सी । इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रसिद निर्वाचित भएका छन् ।

संसदमा बिहीबार भएको मतदानपछि उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । देशमा नयाँ राष्ट्रपति चयन गरिएसँगै इराकमा रहेको राजनीतिक गतिरोध अन्त्य हुन लागेको विश्वास गरिएको छ ।

नवनिर्वाचित राष्ट्रपति रसिदले वर्तमान राष्ट्रपति बर्हाम सालेहलाई विस्थापित गरेका हुन् ।

मतदानमा सहभागी सांसदहरु मध्ये १६० जनाले नवनिर्वाचित राष्ट्रपति रसिदलाई समर्थन गरेका थिए भने ९९ जनाले सालेहलाई मतदान गरेका थिए । नयाँ राष्ट्रपति चयन गर्न इराकको संसद यसअघि दुई पटक सम्म असफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077