Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले रौतहट जिल्ला कमिटी विघटन

रौतहट । नेकपा एमालेले रौतहटको जिल्ला कमिटी नै विघटन गरेको छ ।

प्रदेश कमिटी अध्यक्ष रामऔतार यादवले जिल्ला उपाध्यक्ष दीपक राय यादवलाई पत्र पठाउँदै त्रिभुवन साह अध्यक्ष रहेको जिल्ला कमिटी विघटन विघटन गरेका हुन् ।

अध्यक्ष साहलगायतका जिल्ला कमिटीका सदस्यहरू पार्टीविरोधी गतिविधिमा लागेकोले जिल्ला कमिटी विघटन गरिएको प्रदेश कमिटीले जनाएको छ ।

एमाले रौतहटका प्रभावशाली नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि जिल्ला कमिटी विघटन गरिएको हो । साहले रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उनीनिकट केही एमाले नेताले समेत मधेसका केही क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेबाट 'विद्रोह' गरेका साहलाई सत्ता गठबन्धनले समर्थन गर्नेसमेत निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077