Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : कर्णाली र सुदूरपश्चिममा सामान्य वर्षा हुने

काठमाडौं । नेपालको अधिकांश स्थानबाट यस वर्षको मनसुन बाहिरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले आइतवार एक बुलेटिन जारी गर्दै नेपालको अधिकांश स्थानबाट यस वर्षको मनसुन बाहिरिएको जनाएको हो ।

यद्यपी हाल नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

आइतवार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको बुलेटिन अनुसार कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077