Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानको चर्चित इभिन जेलमा आगलागी

एजेन्सी । इरानको सबैभन्दा सुरक्षित र चर्चित मानिएको इभिन जेलमा ठूलो आगलागी भएको छ ।

राजनीतिक कैदीहरू, पत्रकारहरू र विदेशी नागरिकहरूलाई बस्नका लागि परिचित जेलमा भीषण आगलागि भएको र बम गोलीको आवाज पनि सुनिएको बीबीसीले जनाएको छ ।

राजधानी तेहरानको एक छेउँमा रहेको जेलमा लागेको आगो र बम गोलीका आवाजले पुरै राजधानीलाई आतंकित बनाएको खबरमा उल्लेख छ ।

इभिन जेलमा हालैको प्रदर्शनमा संलग्न सयौँ व्यक्तिलाई राखिएको अनुमान छ । एक अधिकारीले स्थिति नियन्त्रणमा रहेको बताएका छन् तर भिडियो फुटेजमा आगो जारी रहेको देखिएको छ।

इरान केही सातादेखि सरकार विरोधी प्रदर्शनले आक्रान्त छ । गत महिना २२ वर्षीय कुर्दिश युवती महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि आन्दोलन चर्किएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077