Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • इरानको चर्चित इभिन जेलमा आगलागी

    इरानको चर्चित इभिन जेलमा आगलागी

    अनलाइन नेपाल
  • आइतबार, ३० असोज २०७९
  • 963
    SHARES

    एजेन्सी । इरानको सबैभन्दा सुरक्षित र चर्चित मानिएको इभिन जेलमा ठूलो आगलागी भएको छ ।

    राजनीतिक कैदीहरू, पत्रकारहरू र विदेशी नागरिकहरूलाई बस्नका लागि परिचित जेलमा भीषण आगलागि भएको र बम गोलीको आवाज पनि सुनिएको बीबीसीले जनाएको छ ।



    राजधानी तेहरानको एक छेउँमा रहेको जेलमा लागेको आगो र बम गोलीका आवाजले पुरै राजधानीलाई आतंकित बनाएको खबरमा उल्लेख छ ।



    इभिन जेलमा हालैको प्रदर्शनमा संलग्न सयौँ व्यक्तिलाई राखिएको अनुमान छ । एक अधिकारीले स्थिति नियन्त्रणमा रहेको बताएका छन् तर भिडियो फुटेजमा आगो जारी रहेको देखिएको छ।

    इरान केही सातादेखि सरकार विरोधी प्रदर्शनले आक्रान्त छ । गत महिना २२ वर्षीय कुर्दिश युवती महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि आन्दोलन चर्किएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार