Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सत्यमोहनको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमायो : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट पीडाबोध भएको बताएकी छन् । आज ट्वीट गर्दै राष्ट्रपति भण्डारीले जोशीको निधनबाट मुलुकले एक अथक् स्रष्टा एवं अभिभावक गुमाएकोसमेत बताएकी छिन् । उनले संस्कृतिविद् जोशीको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन् । “वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ,” राष्ट्रपति भण्डारीले भनिन्,'उहाँको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्र स्रोत हो । अमर सत्यमोहनप्रति हार्दिक श्रद्धाञ्जली !' संस्कृतिविद् जोशीको उपचारका क्रममा आज बिहान ७ बजेर ९ मिनेटमा ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077