Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ताइवानलाई 'पुन: एकीकरण' गर्ने चिनियाँ राष्ट्रपति सी जिनपिङको घोषणा

एजेन्सी । चिनियाँ कम्युनिस्ष्ट पार्टी (सीपीसी) का महासचिव तथा चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानलाई बेइजिङको नियन्त्रणमा ल्याउने बताएका छन् ।

आइतबार बेइजिङमा सुरू भएको पार्टीको २० औं महाधिवेशनलाई सम्बोधन गर्दै सीले चीनको पुन: एकीकरण गरिछाड्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले ताइवान समस्या समाधान गर्न पार्टी आफ्नो रणनीतिमा अडिग रहनुपर्ने र राष्ट्रलाई एकताबद्ध बनाइराख्न सबै प्रतिबद्ध रहनुपर्ने बताए ।

उनले ताइवानका नागरिकसँग आर्थिक र सांस्कृतिम आदान प्रदानलाई कायम राख्दै त्यहाँका नागरिकलाई सम्मानजनक ढंगले व्यवहार गरिने बताए ।

राष्ट्रपति सीले ताइवानको विषयलाई लिएर पश्चिमा मुलुकहरूबाट भइरहेका गतिविधिलाई संकेत गर्दै ‘ताइवान चिनियाँ जनता आफैंले निर्णय गर्ने विषय भएको’ बताए । सीपीसीको २० औं राष्ट्रिय महाधिवेशन राजधानी बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा आइतबार सुरू भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077