Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

आइतबार नेप्सेमा ९ अंकको गिरावट, ८० करोड ३५ लाखको सेयर कारोबार

काठमाडौं । हप्ताको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ। आज नेप्से परिसूचक ९.६९ अंकले घटेर १८६०.०४ विन्दुमा अडिएको छ।

सेन्सेटिभ इन्डेक्स १.७२ अंकले घटेर ३६५.४२ विन्दुमा झरेको छ। यसदिन ८० करोड ३५ लाख बराबरको सेयर कारोबार भएको छ। २२१ कम्पनीको २५ लाख ७४ हजार कित्ता सेयर ८० करोड ३५ लाख २५ हजार ५३३ रुपैयाँमा खरिदबिक्री भयो।

कारोबारमा आएका १३ वटै समूहमध्ये ११ वटाको सूचक राताम्मे देखिएका छन्। यसदिन बैंकिङको ३.३५ र म्यानु एण्ड प्रोको १३.८३ अंकले बढेको छ।

अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यस कम्पनीको सेयर मूल्य ९.९९ अंकले बढ्यो। कारोबार रकमका आधारमा एभरेष्ट बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ८ करोड ४७ लाख ५९ हजार रुपैयाँ बढीको सेयर कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077