Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मधेस सरकारको लोभमा एमालेसँग जसपाको तालमेल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले निर्वाचनपछि मधेस सरकार बनाउने लोभमा जोखिम उठाएरै भए पनि नेकपा (एमाले) सँग चुनावी तालमेल गरेको पाइएको छ।

मधेस प्रदेशका प्रदेशसभाका ६४ निर्वाचन क्षेत्रमध्ये जसपाले ३६ सिटमा उम्मेदवारी दिएको छ।

त्यसमध्ये ३० सिटमा जसपाले एमालेसँग तालमेल गरेको छ भने बाँकी ६ सिटमा जसपाले एक्लै उम्मेदवारी दिएको छ। मधेसमा एक्लै सरकार निर्माण गर्न कम्तीमा ३३ सिटमा विजयी हुनुपर्छ।

कारणवश, मधेसमा एक्लै सरकार गठन गर्न संख्या नपुगे पनि प्रदेशसभामा सबैभन्दा ठूलो दल बनाई मुख्यमन्त्री आफ्नो भागमा सुरक्षित राख्ने रणनीति जसपा अध्यक्ष यादवले बनाएका छन्। कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077