Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सप्तरी-२ मा उपेन्द्र, सिके र जयप्रकाशमध्ये कसले मार्ला बाजी ?

    सप्तरी-२ मा उपेन्द्र, सिके र जयप्रकाशमध्ये कसले मार्ला बाजी ?

    अनलाइन नेपाल
  • सोमबार, ३१ असोज २०७९
  • 816
    SHARES

    काठमाडौं । ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशको सप्तरी २ ले सबैको ध्यान तानेको छ । सो क्षेत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र लोसपा नेता जयप्रकाश ठाकुरबीचको प्रतिस्पर्धाले पनि सबैको ध्यान खिचेको हो ।

    यादवलाई प्रमुख विपक्षी एमालेले समर्थन गरेको छ भने ठाकुरलाई सत्तारूढ गठबन्धनको सहयोग छ । तर, यादव र ठाकुरको दुवै गठबन्धनलाई कडा चुनौती दिएका छन् । डा. राउतलाई जसरी पनि विजयी गराउनुपर्ने अभियानमा केही स्वतन्त्र युवाले सहयोग गरिरहेका छन् ।



    जसपा र लोसपा मधेसको राजनीतिमा बलियो पकड बनाएका पार्टी हुन् । तर, मधेस राजनीतिमा पछिल्लोपटक सिके राउत नेतृत्वको जनमत पार्टी पनि उदाउँदै गएको छ । हालैको स्थानीय तह निर्वाचनमा उत्साहजनक परिणाम ल्याउन नसके पनि जनमत पार्टीको प्रभाव सप्तरी जिल्लामा रहेको छ ।



    सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष डा. राउत आफैं उम्मेदवार भएपछि यादवलाई २०७४ सालको निर्वाचनको जित दोहोर्याउन त्यति सहज छैन । २०७४ सालमा यादवलाई तत्कालीन राजपाले समर्थन गरेको थियो ।

    तर, राजपाकै पछिल्लो रूप लोसपा आफैं अहिले चुनावी मैदानमा छ । लोसपालाई सत्ता गठबन्धनको समर्थन रहेको छ ।२०७४ सालको निर्वाचनमा यादवले २१ हजार ६ सय २० मत ल्याउँदा वामगठबन्धनका उम्मेदवार उमेशकुमार यादवले ११ हजार ५ सय ८० मत ल्याएका थिए ।

    राजपाका ठाकुरले भने यादवविरुद्व बागी उम्मेदवारी दिएका थिए । त्यसबेला उनले ९ हजार ४ सय ५९ मत पाएका थिए । राउत भने पहिलोपटक संसदीय निर्वाचनमा सहभागी हुँदैछन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार