Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संविधानको रक्षा गर्न गठबन्धनको विजयी आवश्यक छ : उपसभापति खड्का

सुर्खेत । चुनावी अभियानको लागि गृह जिल्ला पुगेका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्ता गठबन्धन संविधानको रक्षा गर्नका लागि बनेको बनाएका छन्।

सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संविधान माथि प्रहार भइरहेको संविधानको रक्षा, स्थिरता र नविन अभियानलाई स्थापित गर्न गठबन्धनको विजय आवश्यक रहेको बताए।

उनले भने– ‘हामी निर्वाचनको महाअभियानमा प्रवेश गरिसकेका छौँ। अधुरो शान्ति प्रक्रियालाई पूर्णता दिनका लागि पनि गठबन्धनले जित्नुपर्ने छ।’

खड्काले छोटो समयमा भएपनि गठबन्धनको सरकारले नवीनतम कार्य भएको बताए । खड्काले अहिलेसम्म आफु राष्ट्रिय राजनीतिमा समन्वयकारी भूमिका निर्वाह गरिरहेको बताए ।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका खड्का चुनावी अभियानको लागि गृह जिल्ला आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077