Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्व प्रहरीसहित एक युवकमाथि हमला : तीनजना घाइते, हेर्नेहरु बेहोस

कैलाली। धनगढीमा नेपाल प्रहरीका पूर्व अधिकृत र उनका छोरामाथि बीच बजारमै हमला भएको छ । सोमबार साँझ करीब ७ बजेतिर धनगढी उपमहानगरपालिका १ को कैलालीपुल नजिकै उनीहरुमाथि हमला भएको हो ।

पूर्व प्रहरी नायब निरीक्षकसमेत रहेका ५५ वर्षीय तोपेन्द्र बहादुर सिजाली र उनका २८ वर्षीय छोरा जितेन्द्र बहादुर सिजालीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का ३२ वर्षीय दिपक खड्का र डोटी केआइसिंह गाउँपालिका वडा नम्बर ६ घर भएर धनगढी बस्दै आएका २८ वर्षीय गणेश खड्काले उनीहरुमाथि कुटपिट गरेका हुन् ।

कुटपिटमा परेका तोपेन्द्रको टाउकोमा र जितेन्द्रको भित्री शरीरमा चोट लागेको छ भने उनीहरुको सेती अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

कुटपिटमा संलग्न दुवै जनालाई पक्राउ गरिएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । कुटपिट गरेको देख्ने दुई महिलासमेत बेहोस भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077